ओली समुहको बुटवलमा शक्ति प्रदर्शन, हेलिकप्टरमा पुगे ओली

everest kitchen

बुटवल । नेकपा ओली समूहले बुटवलमा आमसभा गरेको छ । शक्ति प्रदर्शनको रुपमा प्रस्तुत भएको उक्त समुहको सभामा सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरबाट बुटवल पसगेका छन् ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली केही समय अगाडि हेलिकप्टरमार्फत प्रदेश प्रहरी तालिम केन्द्रमा अवतरण गरेका छन्। सभास्थलमा भने अझै आइपुगेका छैनन्। अहिले प्रदेश स्तरीय र रुपन्देहीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेकपाका नेताहरूले सम्बोधन गरिरहेका छन्।

रुपन्देहीका विभिन्न स्थान र छिमेकी जिल्लाहरूबाट सभामा सहभागी हुन आउने क्रममा रहेको ओली समुहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । ओली समुहको बाहुल्यता रहेको भनिएको बुटवलमा ठूलो मात्रमा मानिसहरु उपस्थिति हुने उक्त समुहले विश्वास लिएको छ ।

केही सायअघि बुटवलमा नेकपा प्रचण्ड-माधव समुहले विशाल विरोध प्रदर्शनको आयोजना गरेको थियो । उक्त प्रदर्शनलाइ काउन्टर गर्न मुख्यमन्त्री पोखरेल लगायतका स्थानीय नेताहरूले सार्वजनिक तथा स्कुलका बस समेत बुकिङ गरेर सभास्थलमा मान्छे ओसार्ने जुटेको स्रोतले बताएको छ।