आज मलेसियामा ३ हजार ५१५ जना निकाे भए, नया बिरामि ३ हजार ४९९ जना

everest kitchen

 

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९५८ जना रहेका छन् ।

त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ हजार ४९९ जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ६१ हजार ८०५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ३ हजार ५१५ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये २ लाख ९ हजार २७९ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ५१ हजार ५५८ जनामा सक्रिय संक्रमण रहेको छ ।