पुष ५ को असंवैधानिक कदम बिरुद्ध कर्णालीका पत्रकारहरुको बिरोध

everest kitchen
विरोध र्यालीमा सहभागी पत्रकारहरु । फोटो : धुर्ब किक्रम बुढाथोको फेसबुक

काठमाडौं । कर्णालीमा रहेका पत्रकारिता क्षेत्रका ८ वटा पेशागत संगठनद्वारा प्रधानमन्त्री केपी शर्मालीको कदम असंवैधानिक तथा प्रतिगमन भएको भन्दै विरोध य्राली निकालेका छन् । पत्रकारहरुले कर्णाली प्रदेश स्तरीय संयुक्त बिरोध य्राली निकालेका हुन ।

आइतबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा आयोजित विरोध कार्यक्रमलाई प्रेस संगठनका केन्द्रीय सदस्यद्वय बलराम थापा, सईन्द्र राई र प्रेस युनियनका केन्द्रीय सल्लाहकार शिव लम्साल लगायतले सम्बोधन गरेका थिए । बक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको बताएका छन् ।

प्रतिगमनका विरुद्ध उभिन देशभरिका पेसागत संगठनलाई यस कार्यक्रमले प्रेरणा दिने विश्वास लिएको “प्रेस संगठन नेपाल, कर्णाली प्रदेश ईन्चार्ज धुर्बबिक्रम बुढाथोकीले उल्लेख गरेका छन् ।

बुढाथोकीका अनुसार प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, नेपाल प्रेस, प्रेस सोसाइटी नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, संसदीय मामिला पत्रकार समाज, राष्ट्रिय दलित पत्रकार संघ र नेपाल आदिवासी पत्रकार महासंघले कार्यक्रममा एक्यवद्धता जनाएका थिए ।