रामकुमारीपछि मलाई र प्रचण्डलाई गिरफ्तार गर्ने योजना रहेछ : माधव नेपाल

everest kitchen

 

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले आफू र पुष्पकमल दाहाल प्रचण्डलाई गिरफ्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना असफल भएको बताएका छन् ।

तेह्रथुमको सदरमुकाममा आइतबार आयोजित विरोधसभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेतृ रामकुमारी झाँक्रीपछि आफूहरुलाई समाउने ओलीको योजना भए पनि त्यो सफल हुन नसकेको बताए ।

उनले नेतृ झाँक्रीलाई पक्राउ गरेर ओलीले सबैको मुटु छाम्न खोजे पनि उर्लिएको जनसागर देखेर डाराएको बताए। उनले ओलीले तर्साउँदैमा आफूहरु नतर्सने बताए । ‘रामकुमारीलाई पहिले समात्ने, अनि मलाई र प्रचण्डलाई गिरफ्तार गर्ने योजना रहेछ’, अध्यक्ष नेपालले भने, ‘तिनले तर्साएर तर्सने मान्छे हामी होइनौँ ।’

प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर माघ २९ गते नेकपा नेतृ झाँक्रीलाई निवासबाटै पक्राउ गरेको थियो। चौतफी दबाबपछि प्रहरीले झाँक्रीलाई सोही दिन ५ घण्टापछि छाडेको थियो । उज्यालो नेटवर्क