विनयजङ्ग बस्नेतविरुद्ध सपनाको जाहेरी

everest kitchen

काठमाडौं । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी दिएकी छन् । बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी हुन् ।

रोकाको उजुरी दर्ता भैसकेको छ । प्रहरीले बस्नेतलाई पक्राउ पुजी जारी गर्ने तयारी गरेको बताएको छ । यसघि रोकाले गृहमन्त्री समक्ष सुरक्षाको लागि अपिल गरेकी थिइन्।

काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु-छोरीका रुपमा चिनाउँदै आएका थिए । केहि समय अघिदेखि उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।