प्रदेश १ सरकारको वार्षिकोत्सव कांग्रेस र प्रचण्ड-माधव समूहद्वारा बहिस्कार

everest kitchen

विराटनगर । प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड-माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ । मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेशका नेता र पदाधिकारी पनि अनुपस्थित छन्।

प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताए । ‘सरकारको वैधता सकिएको छ,’ उनले भने, ‘वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन आवश्य ठानेनौं ।’

यसैगरी प्रदेश सभाका सदस्यको उपस्थिति पनि न्यून छ। ओली समूहका सांसदहरू र कांग्रेसकी बिन्दिया कार्कीमात्र कार्यक्रममा सहभागी छन। कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ।

प्रदेश १ का मुख्यमन्त्रीविरूद्ध सदनमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सरकार पक्षले नै प्रदेश सभा अवरोध गर्दै आएको छ।