प्रबलीकरणपछि बाबुरामको पुर्ख्यौली घर चिटिक्क!

everest kitchen

काठमाडौं । भूकम्पले क्षति पुगेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घर प्रवलीकरण गरिएको छ। भूकम्प गएको पाँच वर्षमा भट्टराईले घर प्रबलीकरण गरेर चिटिक्क बनाएका छन्।

पालुङटार नगरपालिकास्थित खोप्लाङ बेलवासमा रहेको भट्टराईको पुर्ख्यौली घर गोरखामा नै केन्द्रबिन्दु बनाएर गएको भूकम्पले उनको घरमा पनि ठूलो क्षति पुगेको थियो । प्रबलीकरण गर्दा पुनर्निर्माणभन्दा समय र खर्च कम लागेको बताएका छन् । प्रबलीकरणको अनुभव सुखद र लाभदायी देखिएको उनले बताएका छन ।

सरकारले भूकम्पबाट क्षति पुगेका घर पुनर्निर्माण र प्रबलीकरणमा आर्थिक सहयोग गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत घर प्रबलीकरणमा सहयोग गर्नेलाई भट्टराईले धन्यबाद दिएका छन्।