आज मलेसियामा सबैभन्दा धेरै ५ हजार ७१८ जना निकाे भए, ८ जनाकाे निधन

everest kitchen

 

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९८३ जना रहेका छन् ।

त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २ हजार ७२० जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ६९ हजार १६५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ५ हजार ७१८ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये २ लाख २४ हजार ५३ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ४४ हजार १२९ जनामा सक्रिय संक्रमण रहेको छ ।