भागरथी घटनाका अभियुक्त पक्राउपछि डीआईजी सुवेदीले भने, “निर्मलालाइ पनि छिट्टै न्याय मिल्छ”

everest kitchen

समीर मल्ल

धनगढी । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मेहेनतपछि भागरथी ज्यान प्रकरणमा सफलता मिलेको बताएका छन् ।

भागरथी प्रकरणको अनुसन्धानका लागि १० दिनदेखि दोगडाकेदार गाउँपालिकाकै खोचलेकमा रहेका डीआईजी सुवेदीले भागरथीको ज्यान लिने अभियुक्तलाई कानूनी कठघरामा उभ्याउदै प्रहरी संगठनप्रतिको गुमेको साख एकपटक पुनः जिवित तुल्याउने अवसरको नेतृत्व गर्न पाएको उनले बताए ।

भागरथी बहिनीको जबर्जस्ती करणीपछि ज्यान लिईनु जस्तो जघन्य अपराध भएकोमा हामीलाई निकै दुःख लागेको छ। जुन घट्नु हुँदैन् थियो। तर के गर्ने सामाजिक विकृतिका कारण महिलामाथि यस्ता खालका अपराध महिला दिदीबहिनीमाथि बेला–बेला हुने गरेको छ, “उनले भने”,यो घटनालाई हामीले एकदमै सिरियस लिएर अनुसन्धानमा कुनै त्रुटी नहोस् भनेर चाँडो भन्दा चाँडो अनुसन्धान सकियोस् भनेर म लगायत मेरा अनुभव प्राप्त अधिकृत, जवानहरुले गम्भीर रुपमा अनुसन्धान गरेको हो। काम गर्ने वातावरण पाएपछि चाँडै सफल हुन्छौँ भन्ने हामीमा दृढ विश्वास थियो।

विगतको मेरो व्यक्तिगत अनुभव र संगठनको अनुभवका आधारमा म पनि दृढ विश्वासमा थिए। आज त्यो विश्वासले नै हामीलाई सफलता मिलेको छ। यो अनुसन्धानमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार लगायतका सबै पक्षबाट राम्रो साथ सहयोग पाईयो। यसले एउटा के दृष्टान्त देखायो भने प्रहरीले स्वतन्त्र रुपमा काम गर्न पाए चाँडै नै अभियुक्तलाई कानूनको दायरामा ल्याउन सक्ने उनले बताए ।

अर्कोतर्फ न्यायका लागि दबाब, प्रभाव र नारा जुलुस नै गरिरहनुपर्छ भन्ने अब कुरा निरुत्साहित हुने अपेक्षा पनि गरेका छौँ। यो प्रकरणको सफल अनुसन्धानमा खटिएका मेरा सबै प्रहरी अधिकृत तथा जवान, जनप्रतिनिधि, राजनीतिक दल लगात सबैलाई विशेष धन्यवाद दिन चाहान्छु, “उनले भने।

सुवेदीले थपे, दुःखका साथ भन्नुपर्छ विगतमा कञ्चनपुरमा घटेको निर्मला पन्तको बहिनीको घटना जो अहिलेसम्म अनुसन्धान भइसकेको छैन । त्यो अवस्थाले गर्दा सर्वसाधारणमा भागरथी प्रकरण पनि त्यस्तै हुने हो कि भन्ने आशंका र नेपाल प्रहरीप्रति पनि विभिन्न शंका उत्पन्न भएको अवस्थामा हामीले यो केसलाई किनारा लगाएर नेपाल प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी राख्दैन् भन्ने दृष्टान्त दिएका छौँ।

दोगडाकेदार गाउँपालिकाको सनातन धर्म माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत भागरथी गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन्।
भोलीपल्ट माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा जबर्जस्ती शारीरिक सम्बन्धपछि ज्यान लिएको अवस्थामा उनी मृत फेला परेकी थिइन्।

घटना घटाउनमा संलग्न भएको अभियोगमा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । उनी भागरथीका छिमेकी र नातेदार समेत रहेका उनले अभियोग स्वीकार गरिसकेको दाबी प्रहरीले गरेको छ। उनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।

ती किशोरलाई प्रहरीले शंकास्पदको सुचीमा राखेको थियो । घटनापछि पनि उनी नियमित स्कुल जाने-आउने गरेको र भागरथिकोको दोषीलाई पक्राउ गरी कारबाही गर्न आवाज उठाउने जुलुसहरुमा पनि ती किशोर सहभागी हुदै आएका थिए ।

घटना उनी एक्लैले घटाएको स्वीकार गरेको स्रोतले जनाएको छ । घटना स्थलको बाटोमा जङ्गल पर्ने र उक्त बाटो ती किशोरले पनि हिड्न पर्थ्यो । घटना घट्ने दिन उनले भागरथिको पिछा गरेर घटना घटाएको बताएको छ