कोरिया, सौल । साहित्यकार तथा जनता समाजवादी पार्टीका युवा नेता मिलनकान्छा किरातीले वर्तमान ओली सरकार प्रतिगमनकारी, दलाल, पूँजीपतिको कार्यकारी समिति रहेको बत्ताएका छन् । ‘समृद्ध नेपाल निर्माणको लागि मेलोमा फर्कौँ’ अभियानले आयोजना गरेको भच्र्युअल कार्यक्रमलाई कोरियाको राजधानी सिऔलबाट सम्बोधन गर्दै किरातीले उक्त कुरा बत्ताएको हो ।
सो अभियानको सेन्ट्रल कोर्डिनेटरसमेत रहेका किरातीले मेलोमा फर्कनु अघि नै ओलीले लोकतन्त्र अपहरण गरि लगेकाले सबैजना यसको विरुद्ध कडा उत्रिनु पर्ने बत्ताए ।
जसपाको प्रवास प्रदेश पूर्व उपाध्यक्ष तथा हाल केन्द्रीय तहमा रहेका उनी आवद्ध पार्टीबारे सोधिएका केहि जिज्ञासाबारे किरातीले धेरै बोल्न चाहेनन् । तर उनले छोटोमा भने, ‘डबल नेकपा, दुईतिहाई ओलीे सरकारको औकात हेरेपछि पार्टी ठूलो कि असल बनाउने ? जसपा सचेत हुनेछ,’ पार्टी विचारको पुञ्ज हो, अनेक विचार छन्हा, हाम्रो युवाको पनि विचार छ, हालको पुरानो प्रवृतिको नयाँ संस्करणलाई पूर्णरुपले नयाँ स्वरुप र संस्कारमा ढाल्ने क्लियर स्ट्रक्चरसहित फुल रोडम्याप युवासँग छ, नेतृत्वसँग छलफल हुन्छ, सङ्घर्ष हुन्छ, सहकार्य हुन्छ, हेरौँ, केके हुन्छ, राम्रै हुन्छ ।;
कोरोना महामारी र वर्तमान राजनीतिक सङ्कटले निम्त्याएको अस्थिरताका कारण लगानी गर्न र मेलोमा फर्कन वातावरण बनाईदिन सम्बन्धित निकायसँग अपिल गरिने अभियानका कोर्डिनेटर तथा माइग्रेन्ट नेपाली युनियनका केन्द्र संयोजक डा. राजन जिसीले बत्ताए ।