शिक्षाको बिकास बिना नगर बिकास भएको बुझ्नु मेयरको मुर्खता हो : शिव पटेल

everest kitchen

वीरगञ्ज । जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य शिव पटेलले शिक्षा क्षेत्रको बिकास बिना नगर क्षेत्र बिकास भएको बुझ्नु नगरप्रमुख को मुर्खता भएको बताएका छन् ।

सरस्वती पुजा को अवसरमा बाल निकेतन मोडेल इङलिस बोर्डिङ स्कुल, बहुदर माई नगरपालिका-९ बिश्रामपुर द्वरा आज बिधालयमा आयोजित सान्स्कृतिक कार्यक्रम लाई सम्बोधन गर्दै नेता पटेलले “बहुदर माइ नगरपालिकाको बिकास र यहाका जनता को समृधि का लागि यस नगर क्षेत्र भित्र रहेका सम्पुर्ण बिधालयहरुको स्तरउन्नती, शिक्षा प्रणालीमा अहम परिवर्तन र आवस्यक शिक्षक को पुर्ती आवस्यकता रहेको बताएका छन् ।

यस्तै , उनलेे “अभिभावक सचेत नभए सम्म समाज को परिवर्तन असम्भव भएकोले अभिभावक हरु लाई सकृय र बहुदर माइ नगरपालिकाका नगर प्रमुख लाई शिक्षण संस्थानहरु प्रती संबेदनसिल हुन आग्रह गरे ।

बिधालयका प्रधानाध्यापक बिरेश यादव को अध्यक्षतामा आयोजित सो समारोहमा “भङी साह माबि”का प्रअ रबिभुशन राम, जसपाका जिल्ला सदस्य निशेश यादव, नगर अध्यक्ष कृष्ण यदाव, सन्चारकर्मी बलराम यादव लगायातकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए। कार्यक्रम मा बिधालयमा अध्ययनरत बिद्यार्थी हरु ले विभिन्न भाषाको गितमा नृत्य, गायन र नाटक प्रश्तुत गरेका थिए।