चट्याङ लागेर एकजनाको निधन

everest kitchen

 

काभ्रे । जिल्लाको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका वडा नं. ४ मा चट्याङ लागेर एकको मृत्यु भएको छ ।सिमसिमे वर्षात्सँगै बुधबार परेको चट्याङका कारण खानीखोला ४ पथरचोकका पञ्चमान जिम्बाको मृत्यु भएको स्थानीय युवा नेता निशान मोक्तानले उज्यालो नेटवर्कलाई जानकारी दिए ।

नेता मोक्तानका अनुसार साँझ ५ बजेतिर चट्याङ लागेर उनको निधन भएको हो । उनको शरीरमा भने कुनै चोटपटक देखिएको छैन ।