जुलुस निकाल्न हामीसँग पैसा पनि छैन : देउवा

everest kitchen

 

पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने बताएका छन् । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए ।

बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने ,‘ जुलुस निकाल्न हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं’ ।’

यस्तै,हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।