एनआरएन मलेसियाको पनि सदस्यता खुला

everest kitchen

काठमाडौं । ग‌ैर आवासीय नेपाली संघ “एनआरएन” मलेसियाले सदस्यता दर्ता कार्यक्रम खुलाएको छ । संघले ” नेपाली को लागि नेपाली ” भन्ने मुल नाराका साथ सन २०२१ फेब्रुअरी १६ देखि जुन ७ तारिख सम्मको लागि सदस्यता आवेदन माग गरेको हो ।

विश्वभरी फैलिएको एनआरएन हरेक दुई वर्षमा प्रत्येक देश र केन्द्रीय नयाँ कार्यसमितिको लागि अधिवेशन गर्दै आएको छ । सोही अनुसार आगामी अधिवेशन नजिक आएकोले एनआरएन मलेसियाले पनि एक सुचना जारी गर्दै सदस्य लिन मलेसियामा रहेका नेपालीहरुमा आग्रह गरेको छ । विभिन्न समयमा समस्या रहेका नेपालीहरुलाई सहयोग गर्दै आएको उल्लेख गर्दै संघले सदस्यता लिई संस्थामा आवद्ध हुन आग्रह गरेको छ।

सदस्यता लिन चाहानेले अनलाइनबाट फारम भरेर पनि सदस्यता लिन सकिनेछ भने सदस्यता लिनेले आरएम ४० रिङ्गेट शुल्क तिर्नुपर्नेछ ।