लघुकथा : रामे

everest kitchen

लघुकथा : रामे

शारदा घिमिरे भैल

जग्गा दलालीको कामबाट राम्रो अाम्दानी भएपछि उसको फुर्ति अब बेग्लै भएको थियो । एकाएक घरको रुपरेखा पनि एकदम परिवर्तन भयो। एककप चियाको निम्ति साथीको मुख ताक्ने रामे अहिले सबैको राम सर भयो ।
घरमा अबेर अाउने,काम मिलाउनु कति गाह्रो छ ,तिमीलाई सधैँ घरमा बसेर यसै कराउने मात्र हो ।श्रीमतीले केही बोल्नै पनि त हुँदैनथ्यो उसका अगाडि ।

फोनमा कोसँग रामे भन्दै थियो । हाँस्दै “हा..हा.हा..जीवनमा रमाइलो त गर्नुपर्छ ।” …. एकबारको जिन्दगी के को टेन्सन लिने ,चिन्ता नगर यार म छु नि ।

त्यतिबेला कसैले उसको ढोका ढक. ढक ..ढक ..गर्यो ।रामेकी श्रीमतीले ढोका खोल्छे । पुलिससँगै अाएका दुई मानिसले रामेलाई देखाउँदै साहेब यही हो त्यो फटाहा दलाल ..मुद्दा परेको जग्गा भिडाएर मलाई बर्बाद गर्ने ।

पुलिसले रामेलाई समातेर लग्यो । भित्रबाट अाएर छोरा छोरीले सोध्नलागे , तिमीहरु सुत !बुबा फेरि काममा जानुभयो । सायद अब फर्किन धेरै दिन लाग्न सक्छ ..!!