मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने प्रयास भयो : ईश्वर पोखरेल

everest kitchen

 

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनता भन्दा ठूलो न्यायाधीश कोहि नहुने भएकाले ताजा जनादेशमा जान लागिएको बताएका छन् । मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने प्रयास भएको भन्दै पोखरेलले जनता भन्दा ठूलो न्यायधिश कोहि नहुने भएकाले ताजा जनादेशमा गएर मुलुकलाई स्थीरता तर्फ लान खोजेको बताएका हुन् ।

शनिबार काठमाडौंको हाँडीगाउँस्थीत पुननिर्मित भीमसेन मन्दिरको उद्घाटन समारोहमा बोल्दै उनले राजनीतिक स्थायीत्व भएमात्र मुलुक बिकासको बाटोमा अघि बढ्ने र मुलुकबाट अराजकता अन्त्य हुने तथा राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने जिकिर गरे ।

उनले एक कार्यकालको सरकारलाई पूरा अवधीभर काम गर्न दिनुपर्ने भएपनि सरकार बदल्ने चलखेल भएको तर्क गरे । उनले वैशाखमा तोकिएको निर्वाचनमा उत्साहपूर्ण सहभागिता जनाउन पनि आग्रह गरे ।

बागमती प्रदेश सरकार, पुर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय जनसहभागितामा भीमसेन मन्दिरको पुननिर्माण गरिएको भीमसेन मन्दिर पुन निर्माण उपभोक्ता समितिले जनाएको छ ।