नेपालमा थप ८८ जनामा कोरोना पुष्टि

everest kitchen

 

काठमाडौं । नेपालमा शनिबार थप ८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।

त्यस्तै थप १३६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ६९ हजार ७५५ जनाको कोरोना जितेका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल नेपालमा १५ सय ३५ जना आइशोलेशन र ७१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख ३६ हजार ३०९ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।