सिर्जना पुरस्कार बाट सम्मानित स्रष्टा राजु क्षेत्री अपुरो

everest kitchen

पोखरा। सिर्जना पुरस्कार स्रष्टा राजु क्षेत्री अपुरो सम्मानित भएका छन्। लामो समय साहित्यमा लगातार सक्रिय क्षेत्रीलाइ सिर्जना साहित्य सदन घाचोक कास्कीले प्रदान गर्दै आएको यस वर्षको सिर्जना साहित्यिक पुरस्कारले सम्मान गरेको हो।

बिगत दुई दशक देखि सक्रिय रहदै आएको उक्त साहित्यिक संस्थाले सिर्जना अंक १७ को लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गर्दै साहित्यकारलाई सम्मान गरेको हो। यस्तै , संस्थाले हरिलाल कुन्ती स्मृति पुरस्कार बाट नव बाल प्रतिभा पुरस्कार रोशन परियारलाइ प्रदान गरेको छ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डाक्टर पुष्पा केसी भण्डारी, माछापुच्छ्रे गाउँपालिका उप प्रमुख कृष्ण कुमारी दवाडी, नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लिराम अर्याल “दिलिप”, वडाध्यक्ष सुर्य प्रसाद लम्साल लगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य डाक्टर पुष्पा केसी भण्डारीले हाल प्रवाशमा रहेका क्षेत्रीको उक्त सम्मान तथा पुरस्कार उनकी अर्धाङ्गिनी बिष्णुमाया क्षत्रीलाइ हस्तान्तरण गर्दै राजु क्षत्री अपुरोको लघुकथाकारीता बारे चर्चा गरेकी थिइन् ।