मकवानपुरमा सोनाम ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न

everest kitchen

हेटौंडा । मकवानपुर जिल्ला राक्सिराङ ६ छ्युसी बौद्ध गुम्बा द्वारा मञ्जुश्री संवत् २८५७ औं सोनाम ल्होछारको अबसरमा आयोजित बृहत साँस्कृतिक कार्यक्रम कार्यक्रम संयोजक/सभापति सन्त कुमार थिङ र माननीय ओम बहादुर घलान को प्रमुख अतिथिमा सम्पन्न भएको छ।

कार्यक्रममा ख्याती प्राप्त गायक मिलन लामा,बिमला थिङ, रबिन चेपाङ, अमिर लोप्चन,मौसम तामाङ,बालिमा तामाङ,इन्कार तामाङ लगायत स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति रहेको थियो।

कार्यक्रमको अबसरमा राक्सिङ ६ का वडा अध्यक्ष सिंग लाल प्रजाले गुम्बा निर्माण को लागि तीन महिनाको तलब सहयोग गर्ने र गुम्बा निर्माणको लागि वडा बाट गर्नु पर्ने पहल कदम गरिदिने प्रतिबद्धता गरेसंगै बिशिस्ट अतिथि गाउँ पालिका उप-प्रमुख निर्मला हिम्डिङ ले आवस्यक कागजात पूरा गरि पालिका आउन अनुरोध गर्दै गुम्बा यो बर्ष नै बन्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसै गरि प्रमुख अतिथि प्रदेश सभा सदस्य ओम बहादुर घलानले पनि वडा नम्बर छ मा आउने आर्थिक बर्ष बाटै गुम्बा बन्ने र बजेट पठाउने मेरो जिम्मा भन्दै प्रतिबद्ध गरेका थिए ।

कार्यक्रमको अबसरमा मिडिया पार्टनर हिमाल टाईम्स डटकम, बुल बुल खबर र कलाकार तथा सहयोगीहरुलाई सम्मान पत्र प्रदानगरेको थियो ।