काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको भ्रातृ सङ्गठन प्रेस सङ्गठन, नेपालका पदाधिकारी र प्रदेश कमिटी विस्तार गरिएको छ । गत पुस ६ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाको निर्देशनबमोजिम सङ्गठनको जिम्मेवारी हेरफेर गरिएको हो । सङ्गठनका संयोजकमा महेश्वर दाहाललाई जिम्मेवारी दिइएको छ भने सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा रहेका छन् ।
यस्तै महासचिवमा राजेश राईले जिम्मेवारी पाउँदा कार्यालय सदस्यमा अमृतनाथ तिम्सिना, कमल गिरी, गङ्गा बराल, चमिना भट्टराई, देवराम यादव, ध्रुव बुढाथोकी, नरेन्द्र साउद, मनोज घर्तीमगर, मौसम रोकामगर, रामकुमार एलन, विवेक गौतम, सइन्द्र राई, सुरेशचन्द्र अधिकारी, सुरोजङ्ग पाण्डे र हेमकर्ण विक छन् ।
अनुशासन आयोगका संयोजकमा सन्तोष पौडेल र सहसंयोजकमा शिव ढुङ्गानालाई जिम्मेवारी दिइएको छ । लेखा आयोगमा संयोजक भवानी कार्की र सहसंयोजकमा नरेन्द्र केसीलाई तोकिएको छ । त्यस्तै प्रदेश नं १ का इन्चार्जमा राजन केडी, सहइन्चार्जद्वयमा तीर्थ सिग्देल र स्मिता निरौला, संयोजक देवेन्द्र कार्की, सहसंयोजकत्रयमा एक्सन राई, मुक्ति पौडेल र भीम राईले जिम्मेवारी पाउँदा सचिवमा सुजन तिम्सिना तोकिएको छ ।
प्रदेश नं २ का इन्चार्जमा प्रकाश खतिवडा, सहइन्चार्जमा हीरालाल चौधरी, संयोजकमा किरण कर्ण, सहसंयोजकत्रयमा राघव शाह, विदुर खड्का र मदन ठाकुर तथा सचिवमा व्रिजलाल पासवानलाइ तोकिएको छ।
वाग्मती प्रदेशका इन्चार्जमा एलन, सहइन्चार्जमा लक्ष्मण खड्का र शालिकराम नेपाल लाइ तोकिएको छ । यस्तै संयोजकमा सुनिल खड्का, सहसंयोजकत्रयमा रामकृष्ण थापा, नवीनकुमार खतिवडा र शान्ता अधिकारी तथा सचिवमा ध्रुव रायमाझीले जिम्मेवारी पाएका छन ।
गण्डकी प्रदेशका इन्चार्जमा हरिनारायण गौतम, सहइन्चार्जत्रयमा त्रिभुवन पौडेल, श्रीराम सिग्देल र माधव पनेरु छन् । यस्तै संयोजकमा अर्जुन काफ्ले र सहसंयोजकद्वयमा उर्मिला कुँवर र दीपक जलन तोकिँदा सचिवको जिम्मेवारी गणेश पौडेललाई दिइएको छ ।
लुम्बिनी प्रदेशका इन्चार्जमा विकास बन्जाडे, सहइन्चार्जद्वयमा सुशील पोखरेल र गोविन्द शर्माले जिम्मेवारी पाउँदा संयोजकमा मानसिंह विक, सहसंयोजकत्रयमा रुद्रहरि कुँवर, वीरेन्द्र मिश्र र मेनका थापा चौधरी छन्। सचिवमा भने नरेश केसीले जिम्मेवारी पाएका छन ।
कर्णाली प्रदेशका इन्चार्जमा जीवन बिसी, सहइन्चार्जमा गोविन्ददेव भारती र देवीराम देवकोटा, संयोजकमा प्रतीकइच्छुक शर्मा, सहसंयोजकत्रयमा रमेश एैडी, गणेशकञ्चन भारती र सुरजकुमार सिंह हुनुहुन्छ भने सचिवमा दीपक बुढा चयन भएका छन ।
सुदूरपश्चिम प्रदेशका इन्चार्जमा रामसिंह ठगुन्ना, सहइन्चार्जमा धर्मराज पाध्याय, संयोजकमा नवराज भण्डारी, सहसंयोजकद्वयमा मीनेन्द्र शाही र लीलाजङ्ग शाही तथा सचिवमा स्रमाट सिंहलाई तोकिएको महासचिव राजेश राईले जानकारी दिए ।
उपत्यका प्रदेशका इन्चार्जमा सुरोजङ्ग पाण्डे, सहइन्चार्जमा उपेश महर्जन, संयोजकमा नवराज दाहाल, सहसंयोजकद्वयमा उज्ज्वल पहाडी र सागर न्यौपाने र सचिवमा सविन शर्माले जिम्मेवारी पाएका छन ।
त्यस्तै प्रतिष्ठान प्रदेशका इन्चार्जमा विदुर खड्का, सहइन्चार्जद्वयमा तेजप्रसाद वाग्ले र बुद्ध लोप्चन, संयोजकमा वीरेन्द्र ओली सहसंयोजकत्रयमा रघुनाथ बजगाईं, खेम बम र रामकुमार शाही तथा सचिवमा कृपा भण्डारीलाई तोकिएको छ ।
एसोसिएट प्रदेशतर्फ इन्चार्जमा ध्रुव लम्साल, सहइन्चार्जद्वयमा केशवराज खनाल र बबिन शर्मा, संयोजकमा डब्बु क्षेत्री, सहसंयोजकमा नरेश न्यौपाने र सचिवमा रोयल आचार्यलाई तोकिएको छ ।
सङ्गठनले संविधान विपरीत प्रतिनिधिसभाको विघटन गरिएको भन्दै आफ्नातर्फबाट निरन्तर खबरदारी गर्नेसमेत जनाएको छ । यस्तै श्रमजीवी पत्रकारको हितका खातिर सङ्गठनले विभिन्न कार्यक्रम गर्नेसमेत जनाएको छ ।