लघुकथामा एडमिनहरु बीच अन्तरक्रीया सम्पन्न

everest kitchen

काठमाडौं। लघुकथाको उन्नयनमा लागेका फेसबुकका पेजहरूको अन्तरक्रीया र छलफल कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रम श्रष्टा साँझ अमेरिकाको आयोजनामा जुम कार्यक्रम मार्फत सम्पन्न गरिएको हो। पेजका एडमिनहरूलाई एकै स्थानमा राखेर गरिएको यो पहिलो कार्यक्रम हो।

कार्यक्रममा लघुकथा लेखन , लघुकथाका मापदण्ड र शब्द सिमा बारे चर्चा परिचर्चा गरिएका थिए। सबैभन्दा पुरानो पेज लघुकथा कुनो , लघुकथा संसार , हाम्रो लघुकथा पाठशाला , लघुकथा सौन्दर्यका एडमिनहरूले उपस्थिति जनाएको सो कार्यक्रममा लघुकथा प्रतिष्ठान पोखराका प्रतिनिधि कल्याण पन्तले पनि सहभागी जनाएका थिए।

वरिष्ठ लघुकथाकार एवं लघुकथा कुनोका सस्थापक एड्मिन नारायण तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा डा कपिल लामिछाने, हरि प्रसाद भण्डारी ( नेपाली आधुनिक लघुकथा) शेखर कुमार श्रेष्ठ , दुर्गा बनवासी सिवाकोटी ( हाम्रो लघुकथा पाठशाला ) राजन सिलवाल ( लघुकथा संसार) ममता मृदुल ( लघुकथा सौन्दर्य ) खेमराज पोख्रेल ( लघुकथा कुनो) आदिका एडमिनहरू लगायत सिबिका कार्की, प्रभा देवि पौडेल , हेमलता उप्रेतीले आ- आफ्ना बिचार प्रस्तुत गरेका थिए।

भेलाले लघुकथा लेखनमा अनुशासन र मर्यादित वनाउन शब्द सिमा भित्र रहेर लेखिनुपर्ने निचोड निकालेको थियो। कार्यक्रममा हाम्रो लघुकथा पाठशालाको तर्फ देखि एडमिन राजु क्षत्री अपुरोले लेखिएका लघुकथामा एउटा दृष्टिबिन्दु हुनुपर्ने र आफुहरूले नयाँ सिकारु लाई उचित मार्गदर्शन गर्ने गरेको बताए।

बिश्वराज अधिकारीद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा तिसको दसक देखि लेखनमा सक्रिय प्रभात दिक्षितको विशेष उपस्थिति रहेको थियो।