प्रधानमन्त्री ओलीद्धारा उपराष्ट्रपतिलाई अपमानजनक व्यवहार

everest kitchen

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन्।

प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए। तर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनप्रति सामान्य शिष्टाचार पनि पूरा नगरी अपमानजनक व्यवहार गरेका हुन्।

फागुन ७ गते टुँडिखेलमा प्रजातन्त्र दिवसको कार्यक्रम सकिएर राष्ट्रपति विद्यादेवी भण्डारी फर्केपछि प्रधानमन्त्री ओली र उपराष्ट्रपति पुनबीच केही कुराकानी भएको थियो। कुाराकानीका क्रममा ओलीले पुनलाई अपमानजनक व्यवहार गरेको स्रोतको दाबी छ।

प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुन बसेको आसननजिकै गएर सार्वजनिक रूपमै राजनीतिक भाषण गरेको भन्दै उनीप्रति असन्तुष्टि पोखेका थिए। उपराष्ट्रपति पुनले आफूले कुनै पनि प्रकारको राजनीतिक भाषण नगरेको र आवश्यक परे भाषणको विषयवस्तु नै पठाउन सक्ने बताए पनि ओलीले असन्तुष्टि व्यक्त गरेका थिए। यो खबर आजको नागरिक दैनिकमा छ ।