मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई आर्थिक सहयोगको खाचो

everest kitchen

सुरेन्द्र महतो

मलेसिया । मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई आर्थिक सहयोग गरिदिन भन्दै सहयोगको लागि अपिल गरिएको छ । परिवारको आर्थिक अवस्था नाजुक रहेकोले सहयोग अपिल गरिएको हो ।

धनुषाको धनुषा धाम नगरपालिका-९ स्थायी घर भएका छेदु मण्डलको आइतबार मलेसियामा उपचारको क्रममा निधन भएको हो । फेब्रुअरी १९ मा स्वास्थ्य समस्या आएपछि स्थानीय एक अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा निधन भएसंगै शव नेपाल पठाउने बारे कम्पनीले तयारी गरेपनि बिमा लगायतको क्षतिपूर्ति बारे कम्पनीले चासो नदेखाएपछि परिवारको आर्थिक अवस्था कम्जोर रहेकोले सहयोगको लागि अपिल गरिएको एक आफन्तले जानकारी दिए ।

सहयोगको लागि मृतकका परिवारलाई ९८१३५५८८८१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । मण्डलको घरमा श्रीमती, दुई छोराहरु रहेका छन् । उनको परिवारको सम्पत्तिको नाममा गाउँमा एउटा घडेरी मात्र रहेको र आय स्रोतको रुपमा ट्याक्टर ज्यालादारी भएकोले आर्थिक भारमा परिवार रहेको छ ।

मण्डल आजभन्दा करिब ४ बर्ष पहिले काठमाडौंको बेबी एन्जल मेनपावरबाट रोजगारीको लागि मलेसियाको राजधानी क्वालालम्पुर नजिकै काजाङ स्थित वाईएचएल होल्डिङस कम्पनीमा आएका थिए ।