प्रधानमन्त्री ओलीले राजिनामा नदिने, संसदमा भिड्ने

everest kitchen

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना भएपनि राजिनामा नदिने संकेत दिएका छन् । संसदमा सामना गर्ने तर राजिनामा नदिने स्रोतले बताएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले तत्काल राजिनामा नदिने बताएका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे सामना गरेर नै फैसला कार्यान्वयन गर्ने उनलेे बताएका छन् । संसदमा बहुमत पुर्याउन नसके मात्रै राजिनामा दिने थापाले आसय व्यक्त गरेका छन् ।

थापाले ” सर्वाेच्च अदालतले गरेकाे फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूकाे कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताकाे खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।” उनलेे फेसबुक मार्फत जानकारी दिएका छन् ।