ओलीले छिट्टै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ : बामदेव गौतम

everest kitchen

 

काठमाडौं । नेकपा उपाध्यक्ष तथा विभाजित नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै उनले ओलीले ढिलो नगरी प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्ने बताएका हुन् । साथै उनले पुष्पकमल दाहाल र ओलीलाई नेकपा सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा डाक्न पनि आग्रह गरेका छन् ।

गौतमले राष्ट्रपतिले प्रेस विज्ञप्तिमार्फत् संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्ने पनि बताएका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता २०७७ फागुन ११ गतेको दिन ऐतिहासिक महत्त्वको रहेको छ,’ उनले भनेका छन्, ‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो।’