मलेसियामा पनि कोभिड-१९ बिरुद्धको खोप लगाउन सुरु

everest kitchen

मलेसिया। लेसियामा पनि यही फेब्रुअरी २४ बाट कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाउन सुरु भएको छ । प्रधानमन्त्री तान श्री मुहिद्दीन यासीनले बुधवार (फेब्रुअरी २४ )मा हिलो खोप लगाएर खोपको सुरुवात गरेका हुन्।

मलेसियन सरकारले फाइजर-बायोटेकद्वारा उत्पादित भ्याक्सिन लगाउन सुरु गरेको हो । मलेसियामा पहिलोपटकमा ३ लाख १२ हजार ३९० डोज भ्याक्सिन आएको बताएको छ । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको बहुराष्ट्रिय कार्गो कम्पनी एमएबी “मास कार्गोले बिशेष विमानको प्रयोग, भण्डारण र आयात गर्ने बताएको छ ।

खोप आगामी १२ महिनाको अवधिमा चरमबद्ध रुपमा आयात र खोप कार्यक्रम अभियान तीन चरणमा कार्यान्वयन गरिने बताएको छ ।
पहिलो चरण अप्रिल सम्म चल्नेछ र जसमा फ्रन्टलाइन स्टाफहरुलाई खोप दिइने बताएको छ भने दोस्रो चरणमा वृद्धहरू र दीर्घकालीन स्वास्थ्य समस्याका पीडितहरू जस्ता उच्च जोखिम समूहहरूलाई खोप दिईने बताएको छ ।

त्यस्तै तेस्रो चरणमा अन्य बयश्क उमेर समुहलाइ क्रमशः खोप कार्यक्रम गर्ने मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।