शिवमन्दिर र स्वास्थ चौकी उदघाट्न सम्पन्न

everest kitchen

कलैया । बाराको देवताल गाउँ पालिका वाडा न ३ बड्कि अमवा मा शिवमन्दिर र वाडा स्वास्थ चौकी को उदघाटन गरिएको छ । शिवमन्दिरका अध्यक्ष राजेश कुशवाहा र वाडा स्वास्थ चौकी का अध्यक्ष सुरज साह को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अथिती देवताल गाउँपालिकाका अध्यक्ष चनदन कुमार सिङले कार्यक्रममा बोल्दै “देवताल गाउँपालिका बिकास तथा निर्माण कार्यमा पछी हट्ने प्रतिवद्बता जाहेर गरेका थिए । “म पदमा रहेसम्म देवताल गाउँपालिका बिकास तथा निर्माण कार्यमा पछी हट्ने छैनौं, सिङले भने ।

त्यसै कार्यक्रममा सोही गाउँपालिकाका वाडा न १ का वाडा अध्यक्ष पनालाल साह , वाडा न २ का वाडा अध्यक्ष रमेश यादव , वाडा न ३का वाडा अध्यक्ष अ्मर नेपाली ,वाडा न ४ का वाडा अध्यक्ष मिश्रि लाल सहनी र ,श्री इनरदेव अधार भुत बिधालय को प्रधानाध्यापक शयाम शुन्दर साह ,शिक्षक रामायण यादव लगायत समाज का अगुवा तथा बुद्धि जिविहरु को बिशेष उपस्थिति रहेको आयोजकले बताएको छ ।