रुकुमका ग्यास आगलागी घाइतेहरुलाई थप उपचारको लागि काठमाडौं ल्याइयो

everest kitchen

काठमाडौं । रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा ग्यास आगलागीबाट घाइते भएकाहरुलाई थप उपचारको लागि काठमाडौं ल्याएको छ । ग्यास लिक भए आगलागी भएपछि ९ जना जलेर घाइते भएका छन् ।

मंगलबार साँझ रुकुमको सदरमुकाम मुसिकाेट खलंगा स्थित बागबजारमा उदिराम केसीको घरको एक कोठा ग्यास लिग भई दुर्घटना भएको प्रहरीले जनाएको छ । केसीको घरमा डेरा गरि बस्ने जिल्लाको आठविसकोट नगरपालिका-२ का ३९ वर्षीय प्रजित ओलीको कोठामा ग्यास बनाउने क्रममा लिक हुन गएको रहेछ, “एक स्थानीयले भने,” ग्यास लिक भएको थाहा नपाई खाना पकाउन लाग्दा एक्कासी आगलागी भएको रहेछ ।”

घाइतेहरुलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ । घाइतेहरुको काठमाडौं मोर्डल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई तारा एयरको विमान मार्फत काठमाडौं ल्याएको हो ।

प्रहरीका अनुसार उद्दार गरी उपचारको लागी तारा एयरद्धारा काठमाण्डौं मोर्डल अस्पतालमा पठाईएका घाइतेहरुमा: रुकुम पश्चिम आठविसकोट नगरपालिका-२ का प्रजित वली, साेहि स्थानका ईन्द्र वहादुर वली, हिरासा वली विर बहादुर ओली रहेका छन् । यस्तै , रुकुम सानीभेरी गाउँपालिका- ३ का १२ बर्षिय प्रचण्ड खनाल,  प्रकाश खनाल, १५ वर्षीय पशुपति खनाल रहेका छन् ।

त्यस्तै, रुकुम पश्चिम सानीभेरी गाउँपालिका- ५ की १८ वर्षीय सरिता केसी र रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका-७ विर बहादुर केसी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये अधिकांसको अनुहार लगायतका अङ्गहरु डढेको छ ।