बामदेवको सक्रियता : प्रचण्ड भेट्न एकाबिहानै पुगे खुमलटार

everest kitchen

काठमाडौं । विभाजित नेकपालाई एकता गर्ने अभियानमा होमिएका नेता बामदेव गौतम बिहीबार (आज) एकाबिहानै प्रचण्ड निवास खुमलटार पुगेका छन् । सामान्य आश्वासनमा हौसिने गरेका गौतम एकाविहानै प्रचण्ड निवास खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनले प्रचण्डसँग एक घन्टा बसेर पार्टी एकताको सूत्रबारे कुराकानी गरेको बुझिएको छ । विहान सात बजे खुमलटार पुगेका गौतम आठ बसेपछि निस्किएका थिए । त्यहाँ उनले प्रचण्डसँग एक्ला एक्लै समेत कुराकानी गरेका थिए ।

गौतमले पार्टीलाई एक बनाइराख्न प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानजनक बर्हिगमन गराएर जानेबारे कुराकानी गरेको बुझिएको छ । नेकपाको बहुमत रहेकाले सरकारको नेतृत्व पनि नेकपाले नै गर्नेबारे गौतमले कुराकानी गरेका थिए ।

नेकपा विभाजन भइसकेपनि गौतम कुनैपनि पक्षमा छैनन् । उनले एकता अभियान चलाउँदै आएका छन् भने पछिल्लो समय गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।उज्यालो