सांसदले पुस ६ यताको सबै तलब पाउने

everest kitchen

 

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले पुस ६ यताको तलब एकमुष्ट पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन् ।

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने बताएका छन्।

सर्वोच्चले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बिघटन बदर गरिदिएको थियो।