गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी” सार्वजनिक

everest kitchen

काठमाडौँ । गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी”बोलको गीत सार्वजनिक भएको छ । प्रेम वियोगमा समर्पित उक्त गीतमा गीतकार अशोक कुमार तामाङको उत्कृष्ट शब्द रहेको छ भने सूर्य दयलुले संगीत भरेका छन् ।

संगीत समयोजन बिपिन आचार्यले गरेका छन् । अरोमा इन्टरटेन्मेन्टको प्रस्तुतिमा रहेको गीत बाबुकाजी बस्नेतले निर्माण गरेका हुन्। अभी लामाले निर्देशन गरेका भिडियोमा समिर तामाङ र करुणा मगरले अभिनय गरेकी छिन्  ।

गीतलाई उत्तम हुमागाईंले छायांकन गरेका हुन भने फराज अर्पनले सम्पादन गरेका हुन् ।

https://youtu.be/6scF_Zkx928