मलेसियामा शनिबार कोरोनाको कारण १० जनाको निधन, ३ हजार ३ सयबढी निको

everest kitchen

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १० जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १२१ जना रहेका छन् ।

त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २ हजार ३६४ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख ९८ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज २ हजार ३ हजार ३२० जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये २ लाख ७० हजार १६६ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल २७ हजार २८ जनामा सक्रिय संक्रमण रहेको छ ।