जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले निकाल्यो शानदार जित

everest kitchen

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई दुई गोल गरे । एरिक म्याक्सिमको नाममा एक गोल रह्यो । कोल्नका एलिस स्खेरीले एक गोल फर्काए ।

जितसँगै शीर्ष स्थानको बायर्नले २३ खेलबाट ५२ अंक जोडेको छ । कोल्न २१ अंकसहित १४औँ स्थानमा छ ।