मोटरसाइकल दुर्घटना हुदा मलेसियामा एक नेपालीको निधन

everest kitchen

सुरेन्द्र महतो

मलेसिया । मोटरसाइकल दुर्घटना हुदा मलेसियामा एक नेपालीको निधन भएको छ । सर्लाही गोडैता नगरपालिका-८ का चन्दन कुमार साहको मलेसियामा मोटरसाइकल दुर्घटनामा परि निधन भएको हो ।

रोजगारीको सिलसिलामा ३ बर्षअघि मलेसियाको जोहर बारु सेनाई स्थित भि.एस टेक्नोलोजी कम्पनीमा आएका शाह डिउटि जाने क्रममा मोटरसाइकल दुर्घटनामा परि निधन भएको उनीसंगै कार्यरत साथीहरूले बताएका छन् । साथीहरूका अनुसार सोमबार बिहान कम्पनीबाट होस्टल जाने क्रममा उनलेे चलाएको बाइक र बिपरित दिशाबाट आएको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

मृतक शाहले केही समयअघि देखि आफै मोटरसाइकल किनेर चलाउदै आएका थिए । मृतकको शव स्थानीय एक अस्पतालमा रहेको बताएको छ ।