मानसिक समस्याको समाधान छ : मनोविश्लेशक बासु आचार्य

everest kitchen

मलेसिया । समाजमा बढ्दो मानसिक समस्याको रोकथामको सानो पहल स्वरुप मानसीक स्वास्थ्य जनचेतना सम्वन्धी कार्यक्रम यहि फेब्रुअरी २८, आइतवारका दिन मलेशियाको समय दिँउसो १ वजे अनलाईन जमघट जुम मार्फत सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाली प्रवासी एकता संजाल र हिमालटाइम्स मिडियाले संयुक्त रुपमा आयोजना गरेको हो ।

कार्यक्रमको श्रोत व्यक्तित्व अर्थात नेपालका प्रसिद्ध मनो विश्लेषक बासु आचार्यले प्रवासमा रहँदा हुन सक्ने विभिन्न प्रकारका मानसिक समस्यालाई कसरी पहिचान गर्ने, मानसरुपमा स्वस्थ्य हुने उपायहरु, मानसिक समस्यालाई कसरी पहिचान गर्ने र मानसिक समस्याको समाधानका उपायहरु के के हुँन सक्छन् भन्ने वारेमा विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रमका मलेशियामा रहेका आप्रवासी कामदारहरुको वाक्लो सहभागीता रहेको थियो । त्यसैगरी मलेशियास्थित दुतावासका प्रतिनीधी र मलेसियामा रही श्रमिकको हक हितको निम्ति कार्य गर्दै आएका संस्थाहरु प्रवासी नेपाली समन्वय समिती पिएनसिसि, गैर आवासिय नेपाली संघ, चर्चका अगुवा र प्रतिनीधहरुको उपस्थिती रहेको थियो । साउदी अरबलगायत अन्य देशहरुबाट पनि सहभागीहरुले उक्त वेविनारमा भाग लिएका थिए ।

विगत सात वर्ष देखि नेपालमा मानसिक स्वास्थ्यमा चेतनास्तर उकास्ने अभियानमा संलग्न बासु आचार्यले मानसिक समस्याको जोखिममा जो कोहि पनि हुन सक्ने र तनावग्रस्त जिवन हुनेहरुमा बढि हुने भएकोले, यसलाई पहचिान गरी सहि समाधान र उपचारको खोजी गर्न आवश्यक रहेको वताए ।

कार्यक्रमको सहजीकरण समाजसेवी सपना वस्यालले गरेकी थिइन् भने, हिमालटाइम्सका ईश्वर राईले धन्यवाद ज्ञापन गरेका थिए ।

कोभिड महामारीसंगै समाजमा मानसीक समस्याहरु पनि बढ्दो क्रममा रहेको समाचार र आँकडाहरु सार्वजनिक भईरहेको र विषेश गरी अति निराशापन (डिप्रेशन), वेचैनीको साथै आत्महत्या बढेको तथ्यहरु समाचारमा आईरहेकाले समाजका अग्रज र सजग अभियन्ताहरुले यस्ता जनचेतनामुलक कार्यक्रमबाट जिवनोपयोगी जानकारीहरु सिक्ने र यसको आवश्यकता परेकाहरुको विचमा गई सिकाउन आग्रह गरेका थिए ।

यस क्षेत्रमा केही हप्ता अगाडि मलेशियामा रहेका नेपाली कामदारहरु माझ विगत एक वर्षावधी भित्र आत्महत्या गर्नेको संख्यामा वृद्दि भएको नेपाली दुतावासको तथ्याङ्क प्रकाशित भए पश्चात मानसीक स्वास्थ्य सुधारमा कदम चाल्नुपर्ने आवश्यकतामा पनि आचार्यले जोड दिएका थिए ।

यही अवस्थालाई मध्य नजर गरी नेपाली प्रवासी एकता संजाल नामक गैर सरकारी संस्थाले मानसिक स्वास्थ्य सम्वन्धी जनचेतामुलक कार्यक्रको आयोजना गरेको थियो । नेपाली प्रवासी एकता संजाल नामक गैर सरकारी संस्थाले विगत ११ वर्ष देखि बैदेशिक रोजगारमा जाने श्रमिक, बैदेशिक रोजगारबाट फर्केका श्रमिक र उनीहरुको परीवारको हकहितको निम्ती कार्य गर्दै आएको छ ।

कार्यक्रममा प्रश्नोत्तरको समयमा धेरै कामदारहरुले आफ्नो जिज्ञासा र समस्या सोधि जानकारी लिनुभएको थियो । कार्यक्रम सान्दर्भिक र जिवनोपयोगी भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्न राय सुझाव दिएका थिए ।