फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

everest kitchen

 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागुहुनेगरि डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।

डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै हवाई इन्धन बाह्यतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ ९९ रुपैयाँ कायम भएको छ ।