सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको दोस्रो वार्षिक साधारण सभा शनिबार हुने

everest kitchen

कैलाली । सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको दोस्रो वार्षिक साधारण सभा यहि मार्च ६ तारिखको मिति तय भएको छ ।

बिदेशमा रहेका सम्पूर्ण सुदूरपश्चिमेली नेपाली समाजहरुको छातासंगठनको रुपमा रहेको अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली नेपाली समाजको दोस्रो वार्षिक साधारणसभा यहि मार्च ६ तारिख शनिबार भर्चुअलको माध्यमबाट हुने भएको हो ।

महासचिव दिलेन्द्रप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्य दोस्रो वार्षिक साधारणसभा व्यवस्थापन समिति समेत गठन गरेको छ ।जस्मा सदस्यहरु ईश्वर रोकाया ,शुमि शाहि, रामचन्द्र ओझा,टेक बहादुर बुढा,चक्र मल्ल, भुवन प्रसाद भट्ट , दिनेश खड्का’खप्तडी ‘रहेका छन् ।

सुदूरपश्चिम क्षेत्रको विकास,शिक्षा, स्वास्थ्य, कला-संस्कृति, पर्यटनको प्रबर्द्धन, वैदेशिक लगानीको साथै दैवीय प्रकोपमा परेका पिडितहरुलाई समाजको उदेश्य अनुरुप सहयोग गर्दै आइरहेको छ।

सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मुल नारा रहेको समाज गैर-नाफा मुलक र गैर-राजनीतिक रुपमा स्थापित समाजले सुदूरपश्चिमको सामाजिक कार्यका लागि सक्दो सहयोग गर्दै आएको छ।

सुदूरपश्चिम प्रदेशबाट बैदेशिक रोजगारको सिलसिलामा अध्ययन तथा विभिन्न कारणले प्रवासिएका सुदूरपश्चिमेली नेपालीहरु समाजमा आबद्ध रहेका छन् ।

उक्त दोस्रो वार्षिक साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन,विधान संसोधित प्रस्तावहरु प्रस्तुत गरिने समाजका अध्यक्ष धनबहादुर बलायरले बताए ।

सुदूरपश्चिमेलि नेपाली समाजका छाता संगठनको रुपम रहेका सम्पुर्ण राष्ट्रिय समाजका अध्यक्ष, महासचिव, कोषाध्यक्ष,अन्तर्राष्ट्रिय समितिका संस्थापक सदस्यहरु,सल्लाहकार हरु लगायतको उपस्थिति हुने वार्षिक साधारणसभाका व्यवस्थापन संयोजक दिलेन्द्रप्रसाद जोशीले बताए ।

भर्चुअलको माध्यमबाट नेपाली समय अनुसार बेलुका ४ बजे देखि सन्चालन गरिने प्रचार प्रसार प्रमुख दिनेश खड्का’खप्तडिले जानकारी दिए ।