सरकार र विप्लव समूहबीचको वार्ता : दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा सिमित

everest kitchen

काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने सहभागी थिए । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ ।

वार्ताको क्रममा विप्लव समूहले प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता/कार्यकर्ताको रिहाइ गर्नुपर्ने र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने सर्त अघि सारेको बताएको छ ।

वार्ता सकारात्मक रहेको र केही चरणको वार्तापछि निकास तथा निर्णयमा पुग्ने बताएको छ ।