छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लैजाने प्रचण्ड-माधव समुहको निर्णय

everest kitchen

 

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव सबै पार्टीसँग छलफल गरेर मात्र लैजाने निर्णय गरेको हो।

यस्तै बुधबार पेरिस डाँडामा बसेको पार्टी स्थायी कमिटि बैठकले बैठकले सरकार गठनका लागि अन्य दलसँग छलफल गर्न सचिवालय र स्थायी कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो।

यस्तै आजको बैठकले आगामी २३ गते बस्ते प्रतिनिधि सभाको बैठकमा कसरी जाने भन्ने बारेको निर्णय गर्न पार्टी सचिवालयलाई जिम्मा दिएको छ।