आज मलेसियामा २ हजार २७६ जना निकाे हुदा ७ जनाकाे निधन

everest kitchen

 

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १४८ जना रहेका छन् ।

त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ७४५ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख ५ हजार ८८० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज २ हजार २७६ हजजना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये २ लाख ८० हजार ७०७ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल २४ हजार २५ जनामा सक्रिय संक्रमण रहेको छ ।