वडा अध्यक्ष प्रजाको पहलमा राक्सिङ-६ मा बिजुली बिस्तार सुरु

everest kitchen

हेटौंडा । मकवानपुर राक्सिङ-६ का वडा अध्यक्ष सिगं लाल प्रजाको वडा वासीलाई दिएको बचन मध्ये एउटा बाचा थियो गाउँमा बिजुली ल्याउने । गाउँमा बिजुली ल्याउन सुरुदेखि नै प्रजाको अथक प्रयास रहदा पनि बिजुली आउन सकेको थिएन । यद्यपि वडा अध्यक्ष प्रजाको निरन्तरको प्रयासपछि गाउँमा बिजुली बिस्तार हुने भएको छ ।

राक्सिराङ गाउपालिका -६ का ८ वटा टोल बिकास संस्थाका ५६० घरधुरी सबैमा विद्युत बिस्तार गर्न विश्व बैकंको आर्थिक सहयोग गरेपछि गाउँ उज्यालो हुने भएको वडा अध्यक्ष प्रजाले बताए । उनका अनुसार लामो समय देखि विद्युत प्राधिकरण ध्याउदा पनि असम्भव भन्ने खालको जवाफ पाएपछि विभिन्न निकायमा पहल जारी राखेपछि विश्व बैंकको सहयोगमा बिद्युत बिस्तार हुन लागेको हो ।

अहिले बिजुली बिस्तारको लागि पोल आइसकेको र प्रमुख प्रसारण लाईनबाट बिजुली बिस्तार गर्न कार्य अगाडि बढिसकेकोले अबको केही समयपछि गाउँमा बिजुली बल्ने उनले बताए । लामो समय सम्मको धैर्य धारणपछि गाउँमा बिजुली ल्याउन सहयोग गर्ने सहयोगी संस्थालाई वडा प्रजाले धन्यवाद दिएका छन् ।