“नाैसय विग्हा समाज सहयोग युवा समूह”द्वारा बिपन्न परिवारलाई खाद्यान्न तथा पशु सहयोग

everest kitchen

सुरेन्द्र महतो

प्रदेश । “नाैसय विग्हा समाज सहयोग युवा समूह”ले धनुषाको धनुषाधाम नगरपालिका केही बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । समाजमा भैइरहेको उत्श्रृङखल घटनाहरुलाई ध्यानमा राखी हरेक घटना लाई उजागर गर्ने, गरिब दिन दुखी,अशाय पीडित हरुलाई सहयोग गर्ने प्रमुख उद्देश्य अनुसार संस्थाले सहयोग गरेको जनाएको छ ।

बुधबार उक्त युवा समूहद्वारा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वार्ड न.५, नाैसय विग्हामा बस्ने स्वर्गिय सुनिल सदा (शाेशाे) काे श्रीमतीलाई आवश्यक खाद्यान्न सहयोग गरेको छ ।

संस्थाले पीडितलाई १०० किलो चामल, १० किलो दाल, २० किलो आलु, ५ किलो स्वाविन, ६ लिटर खाने तेल, १० किलो प्याज, साबुन २४ पिस, साडी २ सेटर बच्चाहरुलाई कपडा हस्तान्तरण गरेको छ ।

यस्तै संस्थाले पीडितलाई आर्थिक आम्दानीको स्रोत बनोस् भनेर २ वटा बाख्रा पनि नि:शुल्क प्रदान गरेको  संस्थाको संयाेजक विजय कुमार मण्डल ले बताए ।  साथै उनले भोलि को दिनमा पनि यस संस्था ले पीडित हरुलाई सहयोग गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।