रुकुमको त्रिवेणीमा दुईदिने नि:शुल्क स्वास्थ शिविर हुने

everest kitchen
त्रिवेणी ग्राम अस्पताल । photo :file

रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गांउपालिका अन्तर्गत खारानेटामा रहेको त्रिवेणी ग्राम अस्पतालमा दुईदिने नि:शुल्क स्वास्थ शिविर हुने भएको छ । त्रिवेणी गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र श्री नरसिङ दल गणको आयोजनामा शिविर सञ्चालन हुने भएको हो ।

शिविरमा महिला पाठेघर सम्बन्धि, बालरोग सम्बन्ध र अन्य रोगहरुको नि:शुल्क स्वास्थ परिक्षण, उपचार तथा परामर्श हुने एक सुचना जारी गरी जानकारी दिएको छ। शिविर आगामी फागुन २५ र २६ गते बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म चल्ने बताएको छ । शिविरमा विभिन्न दक्ष डाक्टरहरु सेवा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

यस्तै उक्त त्रिवेणी ग्राम अस्पतालमा नियमित डाक्टरी सेवा सुचारु भएको छ । गाउँपालिकाले गाउँपालिका स्तरको अस्पताल सेवा सञ्चालन गर्ने उद्देश्यले हाल एमबीबीएस डाक्टर राखेर सेवा सुचारु गरि सकेको छ । अस्पतालले नियमित सेवा अन्तर्गत भिडियो एक्सरे तथा प्रगोगशाला परिक्षण लगायतका सेवाहरु सञ्चालनमा ल्याएको छ ।