राष्ट्रिय मावि सिलेङ्गेको व्यवस्थापन अध्यक्षमा कमल प्रजा निर्वाचित

everest kitchen

सविन कुमार लोप्चन 

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा रहेको श्री राष्ट्रिय मावि सिलिङ्गेको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा कमल प्रजा सर्व सहमत निर्वाचित भएका छन् ।

विक्रम सम्बत २०२२ साल मा स्थापना भएको उक्त विद्यालयमा लामो समयदेखि युवा नेतृत्व अगाडि आउन नसकेको अवस्थामा यसपटक भने विद्यार्थीको र अबिभावक को माग अनुसार युवा नेतृत्व निर्वाचित भएको सोही वडाका वडाअध्यक्ष सिगं लाल प्रजाले बताए ।

नयाँ कार्यसमितिमा निर्वाचित सम्पुर्ण पदाधिकारीलाई राक्सिराङ ६ मा रहेको ८ वटा टोल बिकास संस्थाका अध्यक्षहरु, बुद्धिजिवि ,नेताहरुले बधाई ज्ञापन दिएका छन् ।