विप्लव समूहका नेता बास्तोला रिहा

everest kitchen

 

काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकार बिच तीन बुदे सहमति संगै विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला आज काभ्रे प्रहरीले रिहा गरेको छ ।

सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको केही समयमै पुनः अदालतको गेटबाटै पक्राउ गरेका बास्तोला ११ औं दिनमा प्रहरी हिरासतबाट रिहा भएको हो ।

उनलाई उनको श्रीमती र ज्वाँइको जिम्मा लगाएर रिहा गरिएको काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले बताए ।