प्रचण्ड-नेपाल पक्ष र कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

everest kitchen

काठमाडौं । प्रचण्ड-नेपाल पक्ष र कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन्।

२३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुन भनेर प्रचण्ड-नेपाल नेकपा र काङ्ग्रेसले बैठक बोलाएको बताएको छ ।

यसअघि प्रचण्ड -माधब पक्षले प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै सुभाष नेम्वाङ सहित ७ जना केन्द्रीय सदस्यहरुलाई पार्टीको विधि र पद्धति भन्दा बाहिर गएर पार्टीको हितविपरीत काम गरेको भन्दै कारबाही गरे संगै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् ।

प्रधानमन्त्री केपी ओली पक्षले प्रमुख सचेतक देवप्रसाद गुरुङलाई कारबाही गरेर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएको छ। प्रचण्ड-नेपाल समूहले भट्टराईलाइ ६ महिनाको लगि पार्टीबाट निलम्बन गरेको छ।