राक्सिराङ-६ मा सम्पन्न स्वास्थ्य शिविरमा ४१७ जनाको स्वास्थ्य परिक्षण

everest kitchen

हेटौंडा । मकवानपुरमा राक्सिराङ गाउँपालिका वडा नम्बर -६ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट विभिन्न स्वास्थ्य समस्या लिएर आएकाहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टरहरुको सहभागीतामा ४१७ जनाको नि:शुल्क स्वास्थ परिक्षण भएको राक्सिराङ-६ का वडा अध्यक्ष सिंग लाल प्रजाले जानकारी दिए उनका अनुसार करिब ७/८ जनाको पाठेघर सम्बन्धि जटिल समस्या देखिएको र उनीहरूको स्वास्थ्य उपचारको बन्दोबस्त गरिनेछ ।

साथै उक्त वडामा रहेका सम्पुर्ण असक्त व्यक्तिहरुलाई वडामा विशेषज्ञ डाक्टरको सहभागितामा प्रमाणित गरि प्रतेकको अपाङ्ग व्यक्तिहरुलाई अपांगता परिचयपत्र बनाएको वडा अध्यक्ष प्रजाले बताए । त्यस्तै, पुर्ण अपाङगता भएका दुई जनालाई ह्वीलचियर हस्तान्तरण गरिएको छ ।