लुम्बिनी विश्व शान्तिदूतमा मलेसियाबाट शंकर पौड्याल नियुक्त

everest kitchen

मलेसियाा । लुम्बिनी बिश्व शान्तिदुतमा मलेसियाका समाजसेवी तथा मलेसियामा रहेका नेपालीहरुका अभिभावक शंकरबहादुर पौड्याल नियुक्त भएको छ ।
लुम्बिनी वल्र्ड पिस फोरमको २०२१ मा विश्वका १०० वटा देशमा लुम्बिनी विश्व शान्तिदूत नियुक्त गर्ने उदेश्य रहेकोछ । जस मध्य २१ वटा देशमा शान्ति दूत नियुक्त गरिएको र मलेसियाका लागि शंकरबहादुर पौड्याललाई सन् २०२१ देखि सन् २०२५ को लागि २४ फेब्रुअरी २०२१ मा नियुक्त गरिएको हो ।
लुम्बिनी र नेपालको प्रबर्द्धन गर्न र नेपालको पर्यटनलाई टेवा पु¥याउन शान्तिदुतहरुको महत्वपूर्ण भुमिका रहने लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतमले बताए ।
‘लुम्बिनी वल्र्ड पिस फोरम’ सन् २०११ मा नेपाललाई विश्व शान्तिको केन्द्रका रूपमा प्रबद्र्धन गर्ने उद्देश्यले नेपालका विभिन्न व्यावसायिक पृष्ठभूमिका युवा समूहले शुरू गरिएको संस्था हो । सन् २०१५ बाट भने आधिकारिक रूपमा संस्थागत गरिएको थियो ।