मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ) सकियो, जनजीवन सामान्य हुदै

everest kitchen

मलेसिया सरकारले मार्च ४ तारिखसम्म मलेसियाको चार वटा राज्य क्वालालुम्पुर, सेलाङगर, जोहोरबारु र पेनाङ राज्यमा लगाएको आवागमन नियन्त्रण आदेश (एमसिओ) हटाएसँगै मलेसियाभरबाट एमसिओ सकिएको छ ।
एमसिओ लगाएका राज्यहरुमा अब अवस्थाजनक आवागमन नियन्त्रण आदेश (सिएमसिओ) मात्र लागु हुनेछ ।
दैनिक नयाँ बिरामि भेटिने संख्या घट्नु, दैनिक निको हुने बिरामिको संख्या बढ्नु साथै मलेसियामा कोरोना बिरुद्धको खोपको सुरुवात हुनु आदि कारणले मलेसियामा एमसिओ हटाइएको यहाँको सरकारले बताएको छ ।
दैनिक पाँच हजार भन्दा बढी बिरामि भेटिने मलेसियामा अहिले दैनिक दुई हजारको हाराहारीमा नयाँ बिरामि भेटिएका छन् भने दैनिक तीन हजारको हाराहारीमा निको भईरहेका छन् ।
मलेसियामा एमसिओ हटेसँगै अन्र्तराज्य आवत जावतमा खुल्ला गरिएको छ भने एक राज्यबाट अर्को राज्यमा जान भने अहिले पनि पासको व्यवस्था अनिवार्य गरिएको छ ।