विप्लवले भेटे नख्खु कारागारमा रहेका नेकपा नेता सुदर्शनलाई

everest kitchen
फोटो : असल क्षत्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र उनको समुहले नख्खु कारगारमा रहेका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका गरेका छन् ।

ओलीलाई भेट्न विप्लव र नेताहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने, असल क्षेत्री लगायतका नेताहरुले भेटघाट गरेका छन् । सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएसंगै नेता ओलीलाई उनीहरूले भेट गरेका हुन ।

नेता ओलीसहित कारागारमा रहेका अन्य कार्यकर्तालाई भेटघाट गर्दै समसामयिक राजनीतिक सन्दर्भ बारे जानकारी दिएको र सबैको प्रक्रिया पुर्याएर सरकारले रिहाइ गर्ने एक नेताले बताए । उनका अनुसार ओली पनि छिट्टै रिहा हुनेछन् ।

ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा रहेकाछन । उनी २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका थिए ।